एनएमबि बैंकको ८६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

Share News

काठमाडौं । एनएमबि बैंक लिमिटेडको ८६ हजार ७११ कित्ता संस्थापक शेयर आज (फागुन २८ गते)देखि विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएमा उल्लेखित शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।