ग्लोबल आइएमई बैंकबाट वैदेशिक अध्ययनको शुल्क भुक्तानी गर्दा छूट

Share News

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक अध्ययन तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छूट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीले विभिन्न अन्तरराष्ट्रिय विश्वविद्यालयको शैक्षिक शुल्क, बीमा शुल्क लगायत विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छूट प्रदान गर्ने बताइएको छ । यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ । अन्तरराष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पूरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छूट प्रदान गर्ने बताइएको छ । 

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अर्वाड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाबाट फरकफरक विधामा सम्मानित भएको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।