आइतवारदेखि भारतबाट दिनमा १२ घन्टा मात्रै विद्युत आयात, होला लोडसेडिङ ?

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । भारतबाट अहिले दैनिक २० घन्टा (साँझ ५ बजेदेखि राति ९ बजेसम्मबाहेक) विद्युत आयात भइरहेकोमा आगामी आइतवार (मार्च १६)देखि दैनिक १२ घन्टा (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै विद्युत आयात गर्न पाइने भएको छ । 

भारतले गत मंसिरमा दिएको विद्युत् आयात अनुमतिअनुसार नेपालले यही मार्च १६ देखि जुन ३० सम्म सोलार आवरमा मात्रै विद्युत आयात गर्न पाउने भएको हो । अर्थात् अब साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म दैनिक १२ घन्टा भारतबाट विद्युत आयात गर्न पाइने छैन ।     

भारतबाट विद्युत आयातको समय दैनिक ८ घन्टा घटेसँगै लोडसेडिङ हुने आकलन गरिएको छ । तर, नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन नाथ घोष लोडसेडिङ नहुने दाबी गर्छन् । 

साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत आयात गर्न नपाउँदा लोडसेडिङ हुँदैन ? अभियानकर्मीको जिज्ञासामा उनी भन्छन्, ‘त्यो ठूलो कुरो होइन, बिजुली पुग्छ । लोडसेडिङ हुँदैन ।’ 

केही उद्योगहरूमा भने सामान्य प्रभाव पर्न सक्ने घोषले बताए । लोकेसनका कारण ती उद्योगमा प्रभाव पर्न सक्ने उनको भनाइ छ । 

उनका अनुसार अहिले भारतबाट दिनमा ६०० मेगावाटसम्म र राति ४०० मेगावाटसम्म विद्युत् आयात हुने गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।