लक्ष्मी सनराइज बैंकसहित तीन कम्पनीको १ करोड ७४ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको कुल १ करोड ७४ लाख ५४ हजार ५४ दशमलव ४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

लक्ष्मी सनराइज बैंकको १ करोड १५ लाख ९३ हजार ५७७ दशमलव २५ कित्ता, विन्ध्यबासिनी हाइड्रोपावरको ७ लाख ९८ हजार कित्ता र साना किसान विकास लघुवित्तको ५० लाख ६२ हजार ४७७ दशमलव १५२ कित्ता गरेर कुल १ करोड ७४ लाख ५४ हजार ५४ दशमलव ४ कित्ता  बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।  

लक्ष्मी सनराइज बैंकले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

विन्ध्यबासीनी हाइड्रोपावरले मंसिर ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

त्यस्तै साना किसान विकास लघुवित्तले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।