वैदेशिक व्यापार : ८ महीनामा व्यापार घाटा ६.२२ प्रतिशत बढ्यो

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को ८ महीनामा व्यापार घाटा ६.२२ प्रतिशतले बढेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको साउनदेखि फागुनसम्मको तुलनामा चालू आवको सोही अवधिमा व्यापार घाटा बढेको हो । 

गत आवको ८ महीनासम्ममा ९ खर्ब २९ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा रहेकोमा यो आवको सोही अवधिमा उक्त घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । 

समीक्षा अवधिमा आयात र निर्यात बढेको छ । यो आवको आयात ८ महीनामा ११.२० प्रतिशत र निर्यात ५७.२० प्रतिशत बढेको विभागको तथ्यांक छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।