सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले सूचीकृत शेयरमा बढायो लगानी

Share News

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डले माघ मसान्तको तुलनामा फागुन मसान्तमा सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब १५ करोड लगानी गरेकोमा फागुन मसान्तसम्ममा बढाएर रू. १ अर्ब २४ करोडभन्दा बढी पुर्याएको छ । 

त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) फागुनमा घटेको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ८३ पैसा रहेकोमा फागुन मसानतमा बढेर १२ रुपैयाँ ०४ पैसा पुगेको छ । 

त्यसैगरी फण्डले फागुन मसान्तसम्ममा रू. १९ करोड ८७ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा १४ दशमलव ५७ प्रतिशत वृद्धि भएको हो । माघ मसान्तमा फण्डले रू. १७ करोड ३४ लाख नाफा कमाएको थियो ।

फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको कुल आम्दानी रू. १९ करोड ५ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. २१ करोड ७८ लाख पुगेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।