सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

Share News

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ शुक्रवार (आज) सुनको मूल्य प्रतितोला एक हजार चार सय बढेर रू एक लाख ७६ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीवार सुन प्रतितोला रू एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेर रू दुई हजार ४० कायम भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।