पियोर इनर्जीले पहिलो चरणमा विक्री गरेको आईपीओ गर्‍यो बाँडफाँट

Share News

काठमाडौं । पियोर इनर्जी लिमिटेडले पहिलो चरणमा निष्कासन गरेको आईपीओ बाँडफाँट कार्य सम्पन्न गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी गरिने कुल कित्ता आईपीओ मध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणको आईपीओ फागुन २० गतेदेखि चैत ५ गतेसम्म निष्कासन गरी चैत १५ गते बाँडफाँट गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूकालागि र १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगार गरी रहेका नेपालीहरूका लागि बाँडफाँट गरेको हो ।

विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले दिएको जानकारी अनुसार तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिएका आवेदकहरूमध्येबाट २ हजार ४५२ जना स्थानीयमा १ लाख ६० हजार कित्ता र १४ हजार ४०० जना वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिएको छ । पहिलो चरणको आईपीओ बाँडफाँटपछि कम्पनीले अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ । त्यसका लागि भने कम्पनीले मिति तय गर्न बाँकी रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।