नेपालमा शाखा खोल्न विदेशी पुनर्बीमा ब्रोकरहरूको अटेरी

Share News

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलाल (ब्रोकर) हरूलाई नेपालमा शाखा तथा सम्पर्क कार्यालय खोल्न दिएको निर्देशन अटेरी गरेको पाइएको छ । 

प्राधिकरणले जेठ पहिलो साता जारी गरेको बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा विदेशी पुनर्बीमा ब्रोकरहरू प्राधिकरणमा सूचीकृत हुनुपर्ने र सूचीकृत नम्बर प्राप्त भएपछि ६ महीनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ । चालू आर्थिक वर्ष (आव) २०८१/०८२ मा ४९ ओटा विदेशी ब्रोकरहरू सूचीकृत भए पनि अधिकांश कम्पनीले कार्यालय स्थापना नगरेको प्राधिकरणले बताएको छ । 

प्राधिकरणको पुनर्बीमा शाखा प्रमुख राजेन्द्र महर्जनका अनुसार हालसम्म ५–६ ओटा कम्पनीले मात्र नेपालमा शाखा कार्यालय खोलेका छन् । अधिकांश कम्पनीले निर्देशिकाअनुसार कार्यालय स्थापना नगरेपछि प्राधिकरणले चैत पहिलो साता निर्देशन जारी गर्दैै थप ३ महीना समय दिएको छ । अब विदेशी पुनर्बीमा ब्रोकरहरूले आगामी असारभित्र कार्यालय स्थापना गर्नुपर्नेछ । 

तत्कालीन बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै विदेशी पुनर्बीमा ब्रोकरहरूलाई सूचीकरणको व्यवस्था गरेको थियो । यसका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । प्राधिकरणबाट पुनर्बीमा दलालको इजाजतपत्र दिने आशयपत्र प्राप्त भएपछि ब्रोकिङ काम गर्नुअघि नेपालको वाणिज्य बैंकमा सेक्युरिटीबापत ५० हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने प्रावधान छ । 

यसैगरी नेपाली पुनर्बीमा दलालसँग संयुक्त रूपमा पुनर्बीमा दलाल खोल्न विदेशी पुनर्बीमा दलाल कम्पनीले शेयर पूँजीको ५५ प्रतिशत अंश राख्न पाउने बाटो पनि दिएको छ । निर्देशिकाअनुसार पुनर्बीमा ब्रोकरको अधिकृत पूँजी न्यूनतम १० करोड र त्यसको ५० प्रतिशत अर्थात् ५ करोड चुक्ता पूँजी तोकिएको छ । अधिकृत पूँजीको २५ प्रतिशत रकम एअर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्ने व्यवस्था छ । तर, हालसम्म त्यस्तो कम्पनी स्थापना भएको छैन । प्राधिकरणले तोकेको मापदण्ड पूरा गरी १० ओटा कम्पनीलाई पुनर्बीमा ब्रोकरको अनुमति दिएको छ । तर, अहिलेसम्म कम्पनीहरूले उल्लेखनीय 

कारोबार गर्न सकेका छैनन् । पुनर्बीमा ब्रोकरले बीमकले जारी गरेको बीमालेखअन्तर्गत उत्पन्न हुने दायित्व सम्बन्धमा बीमकका तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बीमा/ पुनर्बीमा बजारको तथ्यांक विश्लेषण गरी पुनर्बीमित र पुनर्बीमकलाई उपलब्ध गराउँछन् । यसैगरी पुनर्बीमा दाबी भुक्तानीमा सहजीकरण गर्ने, पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने, पुनर्बीमा सम्झौताअनुरूपको लिने/दिने रकमको हिसाब फरफारक गर्न सहयोग गर्नेलगायत कामसमेत पुनर्बीमा ब्रोकरले गर्ने कानूनी प्रावधान छ । 

सूचीकृत विदेशी पुनर्बीमा ब्रोकरको नामावली

  • एक्सपेरिटस इन्स्योरेन्स ब्रोकर, भारत
  • श्रीधर इन्स्योरेन्स ब्रोकर, भारत
  • पायनियर इन्स्योरन्स एन्ड रिइन्स्योरेन्स ब्रोकर, भारत
  • महिन्द्रा इन्स्योरेन्स ब्रोकर, भारत
  • अलर्ट इन्स्योरेन्स ब्रोकर, भारत
  • विलिस इन्स्योरेन्स ब्रोकर, चीन
  • इन्टरलिङ्क इन्स्योरन्स एन्ड रिइन्स्योरेन्स ब्रोकर, भारत
  • केएम दस्तुर एन्ड कम्पनी, मलेशिया
  • इन्डोनेशिया रिइन्सुरेन्स ब्रोकर, इन्डोनेशिया
  • मनोज रिइन्सुरेन्स ब्रोकर, यूएई
  • लकटन कम्पनीज (चीन) बीमा ब्रोकर लिमिटेड, चीन
  • केएम दस्तुर रिइन्सुरेन्स ब्रोकर, भारत
  • प्रोटेक्सन इन्स्योरेन्स सर्भिसेज, भारत
  • रिक्स केयर इन्स्युरेन्स ब्रोकिङ सर्भिसेज, भारत
  • सालासर सर्भिसेस इन्स्योरेन्स ब्रोकर, भारत
  • प्रुडेन्ट इन्स्योरेन्स ब्रोकर, भारत
  • युनिलाइट रिइन्स्योरेन्स ब्रोकर भारत
  • विलिस टावर्स वाट्सन भारत इन्स्योरेन्स ब्रोकर, भारत
  • बिकन इन्स्योरेन्स ब्रोकर, भारत
  • इन्फिना रिइन्स्योरेन्स ब्रोकिङ, भारत 
  • फुक्रम ग्लोबल रिइन्स्योरेन्स ब्रोकर्स, मौरिसस
  • एस इन्स्योरेन्स ब्रोकर, भारत
  • यूआईबी एशिया रिइन्स्योरेन्स ब्रोकर, सिंगापुर
  • फस्र्ट पोलिसी इन्स्योरेन्स ब्रोकर, भारत
  • सिनर्जी री (लाबुआन) लिमिटेड, लाबुआन 
  • जेबी बोडा एन्ड कम्पनी (एस), सिंगापुर
  • जेबी बोडा एन्ड कम्पनी (यूके), संयुक्त अधिराज्य
  • हेरिटेज इन्स्योरेन्स ब्रोकर्स, भारत
  • सिम्बो ब्रोकर्स, सिंगापुर
  • भारत रिइन्स्योरेन्स ब्रोकर्स, भारत
  • झोङहुई इन्टरनेशनल इन्स्योरेन्स ब्रोकर्स, चीन
  • युनिसन अनप्यारेल्ड इन्स्योरेन्स सोलुसन्स, भारत
  • एलायन्स ब्रोकर्स, भारत
  • जियाङ ताई इन्स्योरेन्स ब्रोकर्स, चीन
  • जेके इन्स्योरेन्स ब्रोकर्स, भारत
  • इन्डिया इस्योर्ड रिक्स म्यानेजमेस्ट एन्ड र 
  •  इन्स्योरेन्स ब्रोकिङ, भारत
  • चेडिड यूरोप इन्स्योरेन्स एन्ड रिइन्स्योरेन्स ब्रोकेज, साइप्रस
  • हाउडेन इन्स्योरेन्स ब्रोकर्स इन्डिया, भारत
  • लोजोङ इन्स्योरेन्स ब्रोकर्स, थिम्पु
  • कन्टिनेन्टल इन्स्योरेन्स ब्रोकर्स, चीन
  • एस्पायर इन्स्योरेन्स ब्रोकर्स, भारत
  • विलिस लिमिटेड, लन्डन
  • जिनिसिस रिक्स म्यानेजर्स, मौरिसस
  • सिनो इन्स्योरेन्स ब्रोकर, हङकङ
  • काया इन्टरनेशनल एएमईए लिमिटेड, यूएई
  • विलिस टावर्स वाट्सन ब्रोकर (सिंगापुर), सिंगापुर 
  • चार्टर गिलम्यान इन्स्योरेन्स ब्रोकर, हङकङ
  • टोङचाङ इन्स्योरेन्स ब्रोकर, चीन
  • टायसर्स इन्स्योरेन्स ब्रोकर, संयुक्त अधिराज्य
     

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।