काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ८ महीना (साउनदेखि फागुनसम्म)मा साढे १० खर्बभन्दा बढी रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार (आज) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९.४ प्रतिशत बढी हो ।
यस वर्ष विप्रेषण बढी भित्रिए पनि वृद्धिदरमा भने कमी आएको छ । गत आवको यसै अवधिसम्म विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीमा जाने बढे
समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ । प्रतिवेदनअनुसार, चालू आर्थिक वर्षको ८ महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार ६८ छ । गत वर्ष भने २ लाख ८५ हजार ३५२ उक्त स्वीकृति लिएका थिए ।
यस वर्ष पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ छ । गत वर्ष भने १ लाख ८२ हजार ७८३ जनाले उक्त स्वीकृति लिएका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।