सुनको मूल्य १ हजार ४०० रुपैयाँले घट्यो, डलरको मूल्य कति ?

Share News

काठमाडौं । नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य प्रतितोला १ हजार ४०० नेपाली रुपैयाँले घटेको छ । नेपाल रत्न तथा आभूषण संघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको छ । गत कारोबार दिन अर्थात आइतवार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो  । 

आज अन्तरराष्ट्रिय बजारमा समेत सुनको मूल्य घटिरहेको छ । आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २८९ दशमलव ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो मूल्य गत कारोबार दिनको अन्तिम कारोबार मूल्य भन्दा प्रतिऔंस ४३ दशमलव १३ अमेरिकी डलरले कमी हो ।

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र विक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ ।     
     
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

राष्ट्र बैंकका अनुसार आजका लागि युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र विक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र विक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र विक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।  

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र विक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र विक्रीदर ९८ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र विक्रीदर १०४ रूपैयाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

त्यसैगरी केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४९ पैसा र विक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र विक्रीदर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र विक्रीदर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४२ पैसा र विक्रीदर ३७ रूपैयाँ ५९ पैसा तोकेको छ ।  

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र विक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १४ पैसा र विक्रीदर ३७ रूपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १९ पैसा र विक्रीदर ३१ रूपैयाँ ३३ पैसा निर्धारण भएको छ ।  

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४९ पैसा र विक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०९ पैसा र विक्रीदर १४ रूपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७७ पैसा र विक्रीदर २० रूपैयाँ ८६ पैसा तोकिएको छ ।  

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र विक्रीदर १७ रूपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ९० पैसा र विक्रीदर ४४६ रूपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ८८ पैसा र विक्रीदर ३६३ रूपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ८२ पैसा र विक्रीदर ३५६ रूपैयाँ ३८ पैसा रहेको छ ।  

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र विक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।