यो साता १.२९ प्रतिशत घट्यो नेप्से, लगानीकर्ताले गुमाए ५६ अर्बभन्दा बढी

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । यो साता चार कारोबार दिन मात्र धितोपत्र दोस्रो बजार सञ्चालनमा रह्यो । चार कारोबार दिनमा पहिलो दिन बढेको बजार त्यसपछि भने निरन्तर घटेर बन्द भएको छ । 

पहिलो कारोबार दिन ३ दशमलव ५८ अंकले बढेको नेप्से दोस्रो दिन १४ दशमलव ५३ अंक, तेस्रो दिन १५ दशमलव शून्य ८ अंक र चौथो दिन ८ दशमलव १४ अंक घटेर बन्द भएको हो । 

गत साताको अन्तिम दिनको तुलनामा यो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ दशमलव २९ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ६५८ दशमलव शून्य २ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६२३ दशमलव ८३ विन्दुमा बन्द भएको हो । अंकका हिसाबमा यो साता ३४ दशमलव १९ अंक बजार तल झरेको छ । 

यो साताको अन्तिम कारोबार दिन लामो टुप्पी भएको रातो मैनबत्ती बनेको छ । यसले लगानीकर्ता अन्योलको अवस्थामा रहेको र बजारले गति लिन केही समय लाग्ने संकेत गर्छ । 

यो साता कुल कारोबार रकम र कित्ता घटेको छ भने औसत कारोबार रकम र कित्ता बढेको छ । गत साता ४० अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको १० करोड ३३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ३६ अर्ब ७३ करोड ८१ लाख रुपैयाँभन्दा बढीको ९ करोड ५२ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । 

गत साताभन्दा यो साता कुल कारोबार रकम १० दशमलव ३६ प्रतिशत र कुल कारोबार कित्ता करीब ८ प्रतिशत घटेको हो । औसत कारोबार रकम १२ प्रतिशत र औसत कारोबार कित्ता १५ दशमलव २५ प्रतिशत बढेको छ । 

गत साता औसतमा ८ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको २ करोड ६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ९ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको २ करोड ३८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । 

यो साता बजार घट्दा लगानीकर्ताले ५६ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी गुमाएका छन् । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६२ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ कायम भएको हो । 

सातागत परिसूचकको तुलना 

विवरण यो साता गत साता फरक फरक प्रतिशत 
नेप्से परिसूचक (अंक) 2,623.83 2,658.02 -34.19 -1.29
सेन्सेटिभ इन्डेक्स (अंक) 442 447.26 -5.26 -1.18
कारोबार रकम (रू. हजारमा) 36,738,164.00 40,985,490.78 -4,247,326.78 -10.36
कारोबार कित्ता 95,260,701.00 103,315,394.00 -8,054,693.00 -7.8
औसत कारोबार रकम (रू. हजारमा) 9,184,541.00 8,197,098.16 987,442.84 12.05
औसत कारोबार कित्ता 23,815,175.25 20,663,078.80 3,152,096.45 15.25
कुल बजार पूँजीकरण (रू. दश लाखमा) 4,362,857.85 4,419,706.99 -56,849.14 -1.29

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

व्यापारिक समूहको परिसूचक भने साढे १ प्रतिशत बढ्यो 

यो साता समग्र धितोपत्र बजार मापक नेप्से परिसूचक घट्दा व्यापारिक समूहको परिसूचक भने १ दशमलव ५० प्रतिशत बढेको छ । परिसूचक बढेको आधारमा यो साता व्यापारिक समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिन्छ । 

व्यापारिक समूहसँगै जलविद्युतको शून्य दशमलव ७२ प्रतिशत र म्युचुअल फण्डको परिसूचक शून्य दशमलव १० प्रतिशत परिसूचक बढेको छ । 

यो साता अन्य समूहको परिसूचक सर्वाधिक २ दशमलव ६८ प्रतिशत घटेको छ । त्यस्तै लघुवित्तको २ दशमलव ४२ प्रतिशत, बैंकिङको २ दशमलव ३० प्रतिशत, विकास बैंकको २ दशमलव २६ प्रतिशत, वित्तको २ दशमलव १३ प्रतिशत, लगानीको १ दशमलव ३५ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २० प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ९९ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८८ प्रतिशत र निर्जीवन बीमाको परिसूचक शून्य दशमलव ८७ प्रतिशत घटेको छ । 

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन

विवरण गत साता अघिल्लो साता फरक प्रतिशत
व्यापारिक 4,531.25 4,464.25 1.5
जलविद्युत् 3,506.91 3,481.77 0.72
म्युचुअल फण्ड 19.59 19.57 0.1
निर्जीवन बीमा 12,231.62 12,339.51 -0.87
जीवन बीमा 13,025.60 13,140.65 -0.88
होटल तथा पर्यटन 6,347.11 6,410.67 -0.99
उत्पादन तथा प्रशोधन 7,118.55 7,204.90 -1.2
लगानी 114.39 115.96 -1.35
वित्त 2,397.79 2,449.85 -2.13
विकास बैंक 5,285.23 5,407.29 -2.26
बैंकिङ्ग 1,304.21 1,334.96 -2.3
लघुवित्त 4,629.80 4,744.73 -2.42
अन्य 2,312.20 2,375.95 -2.68

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।