शुक्रबार घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Share News

काठमाडौं । आज (शुक्रवार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो । यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको पनि मूल्य घटेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला २  हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार २३६ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१९ रुपैयाँ  कायम भएको महासंघको भनाई छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।