दलहरूबीच सहमति नभएपछि बिहीवारसम्मका लागि स्थगन भयो संसद्‌ बैठक

तस्वीर : रासस

Share News

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बिहीवार अपराह्न १:३० बजे बस्नेगरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयले सूचनामार्फत प्रतिनिधिसभाको बैठक बिहीवार दिनको १:३० बजे बस्ने गरी तय भएको जनाएको छ ।

आज विहान ११:०० बजेका लागि तय भएको बैठक दुई घण्टा ढिला गरी १:०० बजे शुरू भएको थियो । ‘भिजिट भिसा’ का विषयमा अनियमितता भएको भन्दै उक्त प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षीलगायत दलले विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले सूचना प्रकाशित गरी आजै पुनः ३:३० बजे बस्ने जानकारी गराएको थियो । सभामुख देवराज घिमिरेले सहमतिका लागि प्रमुख दलहरूका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा सहमति नजुटेपछि बैठक बिहीवारका लागि तय भएको हो ।

सरकारले संसद्‌मा प्रतिपक्षी दलहरूको विरोधका कारण आर्थिक सर्वेक्षण प्रस्तुत गर्न सकेको छैन । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले संसद्‌मा बजेट प्रस्तुत गर्नुपर्छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।