कच्चा पदार्थको भन्सार महशुल दोब्बर बनाएपछि वीरगञ्जका उद्यमीको विरोध

Share News

वीरगञ्ज । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमार्फत तार र जीआई तारको कच्चा पदार्थमा लाग्ने भन्सार महशुललाई दोब्बर बनाएपछि निजीक्षेत्रले विरोध गरेको छ । 

सरकारले आगामी वर्षको बजेटमा तारको डन्डीमा लाग्ने भन्सार शुल्क ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएपछि त्यसबाट स्वदेशका उद्योगहरू प्रभावित हुने भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघले त्यसको विरोध गरेको हो । 

संघका कार्यवाहक अध्यक्ष माधव राजपालले अर्थ मन्त्रालयलाई पत्र पठाएर यस्तो निर्णय तत्काल सच्याउन आग्रह गरेका छन्। सरकारले अमुक एउटा उद्योगलाई फाईदा दिन २५ ओटा उद्योगलाई समस्यामा पार्ने काम गरेको आरोप ती उद्यमीले लगाएका छन् । 

'कच्चा पदार्थमा महशुल कम हुनुपर्ने हो, तर महशुल दोब्बर बनाएपछि स्वदेशी उद्योग बन्द हुने निश्चित छ,' राजपालले भने । सरकारले स्वदेशी उत्पादनलाई असहज बनाउने कार्य गरेको पत्रमा उल्लेख गरिएको छ।

स्वदेशमा यस्ता २५ वटा उद्योगहरूले तार र जीआई तार उत्पादन गरिरहेका छन् । सबै उद्योगले कच्चा पदार्थको रूपमा तारको डन्डी आयात गर्छन्। भन्सार शुल्क बढेपछि उत्पादन लागत वृद्धि हुने, मूल्यमा असर पर्ने र ती उद्योगले दिँदै आएको रोजगारीमा प्रतिकूल असर पर्ने उद्योगीहरूको भनाइ छ । 

पूर्ववत् ५ प्रतिशत भन्सार शुल्क कायम गरी स्वदेशी उद्योगको संरक्षण गर्न संघले माग गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।