सानिमा रिलायन्स लाईफको ६ लाखभन्दा बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Share News

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले १ दशमलव २४८९ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत गरेको छ । कम्पनीले उक्त बोनस शेयर बापतको ६ लाख १८ हजार ५८८ कित्ता बोनस शेयर जेठ २५ गते नेप्सेमा सूचीकृत गराएको हो ।

सोमवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।

कम्पनीले यो बोनस शेयर गत चैत ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । बोनससँगै कम्पनीले कर प्रयोजनका लागि समेत ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सोही सभाले पारित गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।