सगरमाथा जलविद्युत्‌ले शतप्रतिशत हकप्रद शेयर निष्कासनको माग गर्दै बोर्डमा दियो निवेदन

Share News

काठमाडौं । सगरमाथा जलविद्युत्‌ कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गर्न जेठ २२ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । २०७९ साल चैत १७ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट लाभांशसमेत वितरण गरेको छ । कम्पनीले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र यसको कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।