संस्थापकले नकिनेपछि सर्वसाधारणमा विक्रीमा आयो हिमालयन बैंकको ३१ हजारभन्दा बढी कित्ता शेयर

Share News

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक तर्फको ३१ हजार २३७ कित्ता शेयर विक्रीमा ल्याएको छ । जेठ २७ गतेदेखि कम्पनीले अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी वैशाख ७ गते ३५ दिने सूचना जारी गरेको थियो ।

सो अवधिमा विक्री नभएको यी शेयर खरीदका लागि इच्छुक अन्य व्यक्ति तथा संस्थाले आगामी १५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा पेश गर्नुपर्नेछ । कम्पनीले स्वान इन्टरनेशनल प्रालिको नाममा रहेको यी शेयर विक्री गर्न लागेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।