वैशाखमा घट्यो मूल्य वृद्धिदर

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । गत वैशाखमा मूल्य वृद्धिदर (वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति) घटेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिना (साउन–वैशाख)सम्मको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार २०८१ वैशाखको तुलनामा गत वैशाखमा मूल्य वृद्धिदर घटेको हो । 

२०८१ वैशाखमा ४.४० प्रतिशत रहेको उक्त मुद्रास्फीति गत वैशाखमा २.७७ प्रतिशत छ । २०८१ चैतमा भने यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत थियो । 

२०८१ वैशाखको तुलनामा गत वैशाखमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ह्वात्तै घटेको छ भने गैर–खाद्य तथा सेवाको बढेको छ । 

२०८१ वैशाखमा ६.४१ प्रतिशत रहेको खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर गत वैशाखमा १.५२ प्रतिशत कायम भएको छ । गैर–खाद्य तथा सेवाको महँगी वृद्धिदर भने ३.०९ प्रतिशतबाट ३.४५ प्रतिशत कायम भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।