काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधवारको मन्त्रीस्तर निर्णय अनुसार उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक तोकिएको हो ।
यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।
निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेको बताइएको छ ।
पदभार ग्रहण गर्दै निमित्त प्रबन्ध निर्देशक मास्केले विषम परिस्थितिमा मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।