सुनचाँदीका गहनामा विलासिता कर लगाइएको विरोधमा उपत्यकाका सुनचाँदी पसल बन्द [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । सुनचाँदीका गहनामा लगाइएको विलासिता कर खारेजीलगायत माग राखेर बिहीवार (आज) काठमाडौं उपत्यकाका सुनचाँदी पसल बन्द गरिएको छ । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत कर लगाउने घोषणा गरेपछि व्यवसायीहरू संघर्ष समिति गठन गरी विरोधमा उत्रिएका हुन् । साथै व्यवसायीहरूले बहुमूल्य हीरापत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदो कारोबारका लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने माग गरेका छन्  

यसअघि उनीहरूले उक्त कर खारेजीको माग गर्दै न्यूरोडमा प्रदर्शन गरेका थिए । 

थप तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।