ज्योति विकास बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा १५ प्रतिशतसम्म छूट

Share News

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र काठमाडौंको चुच्चेपाटीस्थित तिलगंगा सिटी आई सेन्टरबीच छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सो बैंकका ग्राहकहरूले उक्त आँखा केन्द्रमा १५ प्रतिशतसम्म छूट पाउनेछन्। 

आँखा परीक्षण तथा विशेष उपचार ९जस्तै शल्यक्रिया र थेरापी० सेवामा १० प्रतिशत तथा प्रिस्क्रिप्शन चश्मामा १५ प्रतिशत छूट उपलब्ध गराइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ज्योति विकास बैंकले यसअघि पनि आफ्ना ग्राहकहरूको हितलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै आएको छ। हालै मात्र बैंकले नयाँ बानेश्वरस्थित अल्फ हेयर केयर एण्ड डाइग्नोस्टिक सेन्टर र सातदोबाटोस्थित पब्लिक नेपाल डेन्टल हस्पिटल एण्ड पोलिक्लिनिकसँग छूट प्रदान गर्ने सम्झौता गरिसकेको छ।

बैंकले १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत देशभर सेवा प्रदान गर्दै आएको जनाएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।