हिमालयन बैंकको २ करोड ८० लाख कित्ता संस्थापक शेयर विक्रीमा

Share News

काठमाडौं । हिमालयन बैंक लिमिटेडको २ करोड ८० लाख १२ हजार ४४७ दशमलव ४५ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।

कम्पनीले प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा मूल्य अंकित गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । हविव बैंक लिमिटेडको नाममा रहेका उल्लेखित कित्ता शेयर कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूमा पहिलो चरणमा विक्री गर्न लागेको हो ।

आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।