११ महीनामै करीब साढे दुई खर्बको निर्यात

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । चालू आर्थिक वर्षको ११ महीनामै करीब साढे दुई खर्ब रुपैयाँको वस्तु तथा सेवाको निर्यात भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०८१/८२ को साउनदेखि जेठसम्ममा २ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.७७ प्रतिशत बढी हो । सो अवधिमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गरिएको थियो । गत आर्थिक वर्षको १२ महीनामा १ खर्ब ५२ अर्बको वस्तु तथा सेवा निर्यात भएको थियो । 

चालू आर्थिक वर्षको ११ महीनामा १६ खर्ब ४४ अर्ब रुपैयाँको वस्तु तथा सेवाको आयात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा १३.१५ प्रतिशत बढी हो । उक्त अवधिमा भने १४ खर्ब ५३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।