खुमलटारमा रोपाइँ महोत्सव [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । राष्ट्रिय धान दिवसका अवसरमा ललितपुरको खुमलटारमा धान रोपाइँ गरिएको छ । 

राष्ट्रिय कृषि अनुसन्धान परिषदको परिसरमा आयोजित रोपाइँ महोत्सवमा सहभागीसँगै कृषिमन्त्री रामनाथ अधिकारीले धान रोपेका थिए । उक्त अवसरमा स्थानीय बाजागाजासहित सहभागी भएका थिए । 

‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित कृषि विभागले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको हो । राष्ट्रिय धान दिवस हरेक वर्ष असार १५ गते देशभर मनाइन्छ । 

तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।