काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो नयाँ परिमार्जित वेबसाइट सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरिएको यो वेबसाइट ग्राहकमैत्री तथा अत्यन्त जानकारीमूलक रहेको छ ।
मन्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले ग्राहकको सुविधालाई ध्यानमा राखी थप सेवा दिन यो वेबसाइटलाई प्रयोगकर्तामैत्री बनाइएको बताए । यो वेबसाइटबाट प्रयोगकर्ताले संस्थाबारे जानकारी, संस्थाको प्रडक्ट तथा सेवाहरूको जानकारी, पब्लिक डिस्क्लोजरअन्तर्गतका सम्पूर्ण जानकारी तथा वेबसाइटबाट नै अनलाइन खाता खोल्ने सुविधा, अनलाइन मुद्दति खाताको सुविधा तथा वेब बैंकिङमार्फत आफ्नो खाताबाट कारोबार गर्ने सुविधा सजिलै उपयोग गर्न सक्ने छन् ।
परिमार्जित वेबसाइटले ग्राहक सेवा अझै सशक्त र सुदृढ बनाउन तथा संस्थाको पब्लिक डिस्क्लोजरमा अझै पारदर्शिता ल्याउन मद्दत पुग्ने विश्वास संस्थाले लिएको छ । अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्न निरन्तर अग्रसर मन्जुश्री फाइनान्सले आफ्ना ग्राहकका लागि नवीनतम सेवाहरू ल्याइरहेको छ ।
मन्जुश्रीले हालसम्म रु २२ अर्ब निक्षेप संकलन गरेको छ भने करीब रु १८.२ अर्ब कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । मन्जुश्रीले हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई आफ्ना सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।