काठमाडौं । सामसङले वायरलेस इयरफोन ‘ग्यालेक्सी बड्स कोर’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
जुलाई १ देखि उपलब्ध यी बड्स दैनिक उपयोगका लागि डिजाइन गरिएको बताइएको छ, उत्कृष्ट साउण्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटर फिचर सहितका यी बड्सको मूल्य रू. ७ हजार ३९९ पर्ने बताइएको छ ।
कालो र सेतो रंगमा उपलब्ध ‘ग्यालेक्सी बड्स कोर’ नेपालभरका सामसङका आधिकारिक विक्रेतामार्फत विक्री वितरणमा ल्याइएको बताइएको छ ।
कल न्वाइज रिडक्सनको सहयोगले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्टसँग कुरा गर्न सकिने यी बड्स तीनओटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्ने बताइएको छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत वा मिटिङका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।