नेपाल बैंकका ग्राहकलाई लेट मि इनमा छूट

Share News

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित लेट मि इन प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा छूट प्राप्त हुने भएको छ । 

लेट मि कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको बताइएको छ । 

यी सेवाका शुल्कमा बैंकका कर्मचारी तथा ग्राहकले ८ देखि १५ प्रतिशतसम्म छूट पाउने भएका छन् । 

सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लेट मिका प्रबन्ध निर्देशक डोङ सु माले हस्ताक्षर गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।