एससीटी–यूपीआई कार्ड जारी गर्दै सांग्रिला डेभलपमेन्ट बैंक

Share News

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सांग्रिला डेभलपमेन्ट बैंकबीच ‘एससीटी–यूपीआई’ कार्ड जारी गर्न सम्झौता सम्पन्न भएको छ । 

एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान गरेका थिए । सम्झौतापश्चात् बैंकका ग्राहकले बैंकबाट सजिलै ‘एससीटी–यूपीआई’ कार्ड लिन सक्नेछन् । 

एससीटीले हाल २३ ओटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आएको बताइएको छ । 

एससीटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विचमार्फत एससीटी–यूपीआई कार्ड र भिजा कार्ड जारी गर्ने तथा युनियन पे, रुपे, मास्टर कार्ड लगायत स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।