करीब १० अर्बको कारोबार, नेप्से परिसूचक २७०० विन्दु नजिक

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । बुधवार धितोपत्र दोस्रो बजारमा ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । उक्त रकम बराबरको ३ करोड १ लाख ८२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । 

मंगलवार ७ अर्ब ३ करोड ३० लाख रुपैयाँभन्दा बढीको १ करोड ५७ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । बुधवार नेप्सेसँगै कारोबार रकममा वृद्धि देखिएको हो ।

मंगलवारको तुलनामा नेप्से परिसूचक १ दशमलव २९ प्रतिशत बढेर २ हजार ६९४ दशमलव ८२ विन्दुमा पुगेको छ । अंकका हिसाबमा अघिल्लो कारोबार दिनभन्दा यो दिन परिसूचक ३४ दशमलव ४२ अंक माथि उक्लिएको हो । 

बुधवारको कारोबारमा नेप्से परिसूचक २ हजार ६९४ दशमलव १३ विन्दुसम्म पुगेको थियो भने २ हजार ६६१ दशमलव ३७ विन्दुसम्म झरेको थियो । 

यस दिन १८२ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने ६५ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यस दिन बोटलर्स नेपाल बालाजुको शेयर मूल्य प्रतिकित्ता १५ हजार ८५१ रुपैयाँ ८० पैसामै स्थिर रहेको छ । 

यस दिनको कारोबारमा छोटो टुप्पी र छोटो पुच्छर भएको हरियो मैनबत्ती बनेको छ । यस आकृतिले आगामी दिनमा बजार करेक्सन भए पनि बढ्दो गतिमा अघि बढ्ने संकेत गर्छ । 

बुधवार चार कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको छ । ग्रीन डेभलपमेन्ट बैंकको ९ दशमलव ९९ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९ दशमलव ९९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ९ दशमलव ८२ प्रतिशत र गुराँस लघुवित्तको ९ दशमलव १५ प्रतिशत शेयर मूल्य बढेको हो । 

ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता १३७ रुपैयाँ ८२ पैसाले बढेर अन्तिम मूल्य १ हजार ५१६ रुपैयाँ ८० पैसा कायम भएको छ भने खानीखोला हाइड्रोपावरको प्रतिकित्ता ३९ रुपैयाँ ३० पैसाले बढेर अन्तिम मूल्य ४३२ रुपैयाँ ७० पैसा कायम भएको छ । 

नेपाल इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ५७ रुपैयाँ ४४ पैसा बढेर प्रतिकित्ता ६४२ रुपैयाँ ३१ पैसा र गुराँस लघुवित्तको शेयर मूल्य प्रतिकित्ता २१० रुपैयाँ ३७ पैसा बढेर अन्तिम मूल्य २ हजार ५१० रुपैयाँ १७ पैसा कायम भएको छ ।

बुधवार कुल कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ । यस कम्पनीको ५५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको २ लाख ५२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । 

कम्पनीको शेयर मूल्य भने ४ दशमलव १० प्रतिशत अर्थात् प्रतिकित्ता ८८ रुपैयाँ ५८ पैसाले बढेर अन्तिम मूल्य २ हजार २४७ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

यस दिन निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो दिन सबै समूहगत परिसूचकहरू बढेकोमा जीवन बीमा समूहको परिसूचक सर्वाधिक २ दशमलव ८३ प्रतिशत बढेको छ । 

परिसूचक २ प्रतिशतभन्दा बढी बढ्नेमा निर्जीवन बीमा र विकास बैंक समूह छन् । निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ५१ प्रतिशत र विकास बैंक समूहको परिसूचक २ दशमलव ३१ प्रतिशत बढेको छ । म्युचुअल फण्ड समूहको परिसूचक भने सबैभन्दा कम शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ ।

यस दिन कुल बजार पूँजीकरण ५७ अर्ब ३५ करोड ७८ लाख रुपैयाँले बढेर ४४ खर्ब ८९ अर्ब ९५ करोड ९४ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४४ खर्ब ३२ अर्ब ६० करोड १६ लाख रुपैयाँभन्दा बढी रहेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।