काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र यसको कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि असार १९ गते एक दिन बुक क्लोज गर्न लागेकाले असार १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्ने छन् ।
उक्त सभाले कम्पनीले यसअघि १५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव विशेष साधारण सभाबाट पारित गरेकाले १० प्रतिशत बोनस शेयरपछि चुक्तापूँजी २ अर्ब ३१ करोड रुपैयाँ कायम हुने भएकाले सो पूँजीको आधारमा १० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको हकप्रद र बोनसपछि नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम पूँजी कायम हुनेछ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी तोकेकोमा कम्पनीको बोनस र हकप्रद शेयरपछि चुक्तापूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ कायम हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।