एमसिए–नेपालद्वारा एमसीसी सहयोगको निरन्तरतामा स्वागत

Share News

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको अमेरिकी सहयोगलाई निरन्तरता दिने निर्णयप्रति स्वागत गरेको छ । 

एमसिए–नेपालका अनुसार, अमेरिकी सरकारले वैदेशिक सहयोगमा लगाइएको अस्थायी स्थगनमा विशेष छूट दिँदै नेपालमा एमसीसी कम्प्याक्ट कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने निर्णय गरेको हो । गत जनवरीमा राष्ट्रपतिको पदभार गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी परियोजना ९० दिनका लागि स्थगन गर्ने निर्णय गरेका थिए । 

एमसिए–नेपालले उक्त निर्णयलाई सकारात्मक रूपमा लिँदै अमेरिकासँगको साझेदारीमा २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण, सडक मर्मत तथा अन्य पूर्वाधार विकासका कार्यहरूलाई निरन्तरता दिइने जनाएको छ । 

एमसिए–नेपालले वैदेशिक सहयोग समीक्षा प्रक्रियाको थालनी हुनुअघि नै तीनओटा सबस्टेशन निर्माण तथा १८ किमि सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यहरू अगाडि बढिसकेको जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।