काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर इभी लन्च गरेको छ ।
भारतमा निर्मित यो गाडीले व्यावहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ। विन्डसर इभीले थप स्पेस, थप आरामदायी र थप प्रिमियम फिचरहरू उपलब्ध गराएको छ । फलस्वरुप यो गाडी परिवार र व्यवसायीहरूका लागि उत्तम विकल्प हो । यसमा १३५ डिग्री रेक्लाइन हुने एरो–लाउन्ज सिटहरू, ६०४ लिटरको ठूलो बूट स्पेस र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ ।
यसका साथै, विन्डसर इभीमा शक्तिशाली मोटर पावर रहेको छ जसले शहर र हाइवेमा ड्राइभ सहज बनाउँछ। वायरलेस चार्जिङ सुविधायुक्त यसको ३८ किलोवाट ब्याट्रीले ३३२ किलोमीटर रेन्ज प्रदान गर्छ । एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेशनले कनेक्टिभिटीलाई सहज बनाउने पारामाउन्ट मोटर्सले बताएको छ । प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएका छन्।
सुरक्षाका लागि यसमा ६ ओटा एयरब्याग राखिएका छन् भने ६ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन उत्कृष्ट बनाउँछ । गाडीको १८६ मीमी ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गरेको छ । विन्डसर इभीमा ब्याट्रीको वारेन्टी ८ वर्षको रहेको छ ।
एमजी मोटर्स नेपालका प्रवक्ता सुनीलबहादुर क्षेत्रीले भने, “एमजी विन्डसर इभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ। हामी विश्वस्त छौं कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ ।”
नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, र एमजी एस ५ इभी छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।