पाँच वर्ष पुरानो लाभांश बुझ्न लाइफ इन्स्योरेन्स कर्पोरेशनको आग्रह

Share News

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझ्न आग्रह गरेको छ ।

कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष ०७४/७५ को मुनाफाबाट ३५ दशमलव ५३ प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त नगद लाभांश लिने पाँच वर्ष अवधि समाप्त भइसक्दा पनि कतिपय शेयरधनीहरूले नबुझेकाले यथाशीघ्र बुझिलिन कम्पनीले आग्रह गरेको छ ।

लाभांश बुझ्न बाँकी शेयरधनीहरूको विवरण कम्पनीको वेबसाइटमा राखिएको जानकारीसमेत कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।