मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने- ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’

Share News

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । 

नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन् । 

‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरू पहिचान राम्रो तयारी गरी गरी अघि बढनुहोस् । सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’अर्थमन्त्री पौडेलले भने ।  

प्रतिनिधिमण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए । 

प्रतिनिधि मण्डलमा मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी थिए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।