जीडीपीमा उद्योगको योगदान बढाउने प्रयास भइरहेको छ : मन्त्री भण्डारी

Share News

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिश कार्यान्वयनमा सरकारले काम गरिरहेको छ । सरकार सुधारको कार्ययोजना बनाएर अघि बढेको छ । आयोगका सिफारिश कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले कार्ययोजना पारित गरी मन्त्रालयहरूबाट काम भइरहेको छ । आयोगकै सिफारिशको आधारमा आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिएको र संरचनागत, शासकीय र कानूनी सुधारमा सरकारले जोड दिएको छ । 

विगतमा देशको कुल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान १५ प्रतिशत भए पनि अहिले ५ प्रतिशतमा खुम्चिएकाले यसलाई बढाउन सरकार लागिपरेको छ । भर्खरै दैलेखमा ग्यास भण्डार भेटिएको छ । आयात प्रतिस्थापन गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिइएको छ । विगतदेखि नै राज्यप्रणाली वितरणमुखी हुँदा दायित्व पूरा गर्न सरकारलाई कठिन भएको छ ।

सन् २०१३ मा शुरू भएको न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस् नेपालका व्यावसायिक सरोकारवाला समूहका लागि संवादको महत्त्वपूर्ण थलो बनिसकेको छ । देशको अर्थतन्त्र र पूँजीबजारलाई चलायमान बनाउन यसले भूमिका निर्वाह गर्दै आएको पाएका छौं । २०७२ सालको महाविनाशकारी भूकम्प, कोभिड–१९ महामारीजस्ता गम्भीर संकटहरूका बीचमा पनि देशको आर्थिक विषयमा विचार–विमर्श गर्न र सरोकारवालालाई दिशानिर्देश गर्न यसको महत्त्वपूर्ण भूमिका छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।