न्यू बिजनेश एज लिमिटेडको आयोजनामा असार १२ गते सम्पन्न ‘न्यू बिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’ कार्यक्रममा ग्लोबल आइएमई बैंक ‘बेस्ट बैंक इन डिजिटल फाइनान्ससियल सर्भिसेस’ अर्वाडबाट सम्मानित भयो । डिजिटल बैंकिङमा उत्कृष्ट सेवा सञ्चालन गरेबापत बैंकले उक्त सम्मान प्राप्त गरेको आयोजकले जनाएको छ । सम्बन्धित क्षेत्रका विज्ञहरू सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले अवार्ड पाउने कम्पनी छनोट गरेको आयोजकले जनाएको छ, जसका लागि वाणिज्य बैंकहरुको डिजिटल प्रडक्ट, ग्राहक संख्या र कारोबार रकमलाई आधार बनाइएको थियो ।
डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको ग्लोबल आइएमईले अधिकांश बैंकिङ सेवा बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी हालै ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । यसमार्फत क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन गर्न सकिने व्यवस्था छ । यस्तै डेबिट तथा क्रेडिट कार्डको ग्रिन पिन, क्रेडिट कार्डको विवरण, क्रेडिट कार्ड परिवर्तन जस्ता प्रक्रियाको लागि आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो शेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिमेच्युअर आदि सेवाहरु वेबसाइटबाटै लिन सकिने बैंकले जनाएको छ । बैंकले हाल ३५४ शाखा, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।