नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी–२०२५ बाट सम्मानित भएको छ । न्यू बिजनेश एज लिमिटेडले काठमाडौंमा बिहीवार आयोजना गरेको नवौं संस्करणको ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’ मा उक्त कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो । जीवन बीमाको क्षेत्रमा आफूलाई स्थापित गर्न सफल कम्पनी हो । कम्पनीको अध्यक्षमा प्रेमा राज्यलक्ष्मी सिंह रहेकी छन् र सञ्चालक समितिमा महिलाको राम्रो उपस्थिति कायम गर्ने केही कम्पनीमध्ये यो पनि पर्छ । यस कम्पनीको सञ्चालक समितिमा महिलाको उपस्थिति ४२ दशमलव ४६ प्रतिशत अर्थात् सात जनाको सञ्चालक समितिमा तीन जना महिला रहेका छन् ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा भने सुरेशप्रसाद खत्री रहेका छन् । कम्पनीको वित्तीय अवस्था राम्रो देखिन्छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी ४० करोड ८५ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन रकम भने १४ अर्ब ७ करोड रुपैयाँभन्दा बढी छ । शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको महाविपत्ति कोषमा ६१ करोड ६ लाख रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति ९८ अर्ब १६ करोड रुपैयाँभन्दा बढी छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ४७ पैसा छ । हालै सम्पन्न कम्पनीको साधारणसभाबाट यस वर्ष लगानीकर्ताका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।