सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) न्यू बिजनेश एज लिमिटेडले असार १२ गते आयोजना गरेको ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’मा बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनीको उपाधिबाट सम्मानित भयो ।
तत्कालीन सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मर्ज भई २०७९ फागुन २९ गतेदेखि सलिको नामबाट एकीकृत कारोबार शुरू भएको थियो । बीमा कम्पनीहरूले पूँजी वृद्धि गर्नुपर्ने भएपछि यी दुई कम्पनी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम २ अर्ब ५० करोड रुपैयाँ पूँजी कायम गर्न एक भएका हुन् । हाल सलिकोको चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको छ । निर्जीवन बीमा क्षेत्रका कतिपय कम्पनीहरू तोकिएको चुक्तापूँजी कायम गर्न हालसम्म प्रयासरत रहेको अवस्थामा सलिकोले मर्जरपछि नै तोकेबमोजिम चुक्तापूँजी कायम गरेको हो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सलिको २५ करोड १९ लाख रुपैयाँभन्दा बढी खुद नाफामा छ । उक्त अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब २९ करोड २४ लाख रुपैयाँभन्दा बढी छ । सलिकोको कुल सम्पत्ति चैत मसान्तसम्म १६ अर्ब ६१ करोड रुपैयाँभन्दा माथि छ । स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी रकम रहेको कम्पनीको महाविपत्ति कोषमा २१ करोड ४१ लाख रुपैयाँभन्दा बढी र रिटर्न अर्निङ ६२ करोड ६१ लाख रुपैयाँभन्दा बढी कायम छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८२ पैसा छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।