दुई कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याए संस्थापक शेयर

Share News

काठमाडौं । सोमवार दुई कम्पनीले संस्थापक शेयर सर्वसाधारणमा जारी गरेका छन् । प्रभु बैंक लिमिटेडले २१ लाख ५ हजार ६७५ कित्ता र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटडले १ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको हो ।

यस अघि यी दुबै कम्पनीले यी शेयर विद्यमान संस्थापकलाई प्राथमिकतामा राखेर जारी गरेका थिए । यस अघि विक्री नभएको यी शेयर सर्वसाधारणमा विक्री गर्न लागिएको हो । प्रभु बैंकको शेयर खरीदका लागि इच्छुक व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा र समता घरेलु लघुवित्तको शेयर खरीदका लागि आगामी सात दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।