काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले न्याय परिषद्को सिफारिशका आधारमा सर्वोच्चमा ३ जना न्यायाधीश नियुक्त गर्नु भएको हो ।
सर्वोच्चका न्यायाधीशमा नियुक्त पोखरेल वरिष्ठ अधिवक्ता हुन् भने पौडेल उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश हुन् । सर्वोच्चको न्यायाधीशमा नियुक्त थापा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतमा संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले ३ जना न्यायाधीश नियुक्त गरेको उल्लेख छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।