काठमाडौं । सोमवार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीले तीन जलविद्युत् आयोजनामा क्षति गरेपछि करीब २०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना र ६० मेगावाटको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
‘बाढीले विद्युत् आयोजनाहरूमा गरेको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन । सबैभन्दा बढी क्षति रसुवागढी जलविद्युत् आयोजनामा भएको छ । पुरानो त्रिशुली जलविद्युत् आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरूमा पनि क्षति पुगेको भन्ने खबर आएको छ,’ उनले भने‚ ‘थ्रि बि हब सबस्टेशन सबैभन्दा बढी जोखिममा रहेको छ ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।