अमेरिकी डलरको तुलनामा रुपैयाँको अवमूल्यन बढ्दो, ११ महीनामा २.९७ प्रतिशतले घट्यो भाउ

Share News

काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन बढ्दो छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठसम्मको देशको आर्थिक तथा वित्तीय तथ्यांकअनुसार पछिल्लो ११ महीनामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ २.९७ प्रतिशतले अवमूल्यन भएको हो, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा करीब दोब्बर हो । अघिल्लो वर्षको सोही अवधिमा भने नेपाली रुपैयाँको अवमूल्यन १.६६ प्रतिशतले मात्र भएको थियो । 

२०८१ असार मसान्तको तुलनामा २०८२ जेठ मसान्तमा अमेरिकी डलर १ को खरीद विनिमय दर रु. ४.०८ ले बढिसकेको छ । २०८१ असार मसान्तमा अमेरिकी डलर १ को खरीद विनिमय दर रु. १३३.३६ कायम भएकोमा २०८२ जेठ मसान्तमा उक्त विनिमय दर रु. १३७.४४  पुगेको हो ।  

आयातमा निर्भरता, विदेशी मुद्राको मागमा वृद्धि र अन्तरराष्ट्रिय बजारको उतारचढावले नेपाली रुपैयाँमा दबाब सिर्जना भएको जानकार बताउँछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।