युनिभर्सल पावरले आफ्नो स्वामित्वको १४ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्ने

Share News

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सच लिमिटेडको १४ लाख ४२ हजार १८७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

असार २५ गते दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयर दोस्रो बजारमा चलेको मूल्यमा विक्री गर्ने निर्णय गरेको हो ।

राप्ती हाइड्रोको संस्थापक शेयरको लकइन आगामी साउन ८ गते सकिँदै छ । राप्ती हाइड्रोको दोस्रो बजारमा प्रतिकित्ता शेयर मूल्य ३८२ रुपैयाँ ४१ पैसा छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।