काठमाडौं । नेपाल उद्योग परिसंघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । परिसंघको २२औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका वीरेन्द्रराज पाण्डे परिसंघको विधानअनुरूप स्वतः अध्यक्षमा चयन भएका छन् ।
एक दशकदेखि परिसंघको विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बनेका थिए । काठमाडौंमा जन्मिएका पाण्डे ३ दशकदेखि निरन्तर निर्माण उद्योगमा छन् । सिभिल इन्जिनीयरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दखल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामग्री निर्माण, कृषि तथा शिक्षाक्षेत्रमा समेत सक्रिय छन् । परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई शपथग्रहण गराउँदै पदभार हस्तान्तरण गरे ।
साधारणसभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपालकुमार अग्रवाल, मिलनबाबु मल्ल, परासी अग्रवाल, राहुलकुमार अग्रवाल, वरुणकुमार तोदी, दीपककुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाणकुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमितकुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दीप शारडा, राजीव गुप्ता निर्वाचित भएका छन् ।
यसैगरी सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, ध्रुव रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राजबहादुर शाह, विदुषी राणा, लक्ष्मीप्रसाद सुवेदी, आशिष जजोडिया, पम्फा धमला, मनीषकुमार खेम्का, आशिष गर्ग, सेवा पाठक, गोकुल भण्डारी, वसन्तबहादुर चन्द र चन्द्र टण्डन राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएका छन् ।
परिसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । यसैगरी उपाध्यक्षहरूमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी निर्वाचित भएका छन् । स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनीत भएका छन् ।
नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरूलाई शपथग्रहण गराए । त्यसअघि परिसंघ अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष पाण्डेले परिसंघले विगतदेखि प्राप्त गर्दै आएका उपलब्धिहरूलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्याउन सक्रिय रूपमा लाग्ने बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।