एपेक्स मकालु हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, साउन ९ गते बोलायो विशेष साधारण सभा

Share News

काठमाडौं । एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।  

उक्त प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले साउन ९ गते विशेष साधारण सभा गर्ने तयारी गरेको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरिएको छ । सभाले सर्वसाधारणमा जारी पूँजीको २० प्रतिशत आईपीओ जारी गर्ने निर्णय गर्नुका साथै प्रबन्ध पत्रको दफा ६ को (क) (ख) (ग) र (घ) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

आईपीओबाट प्राप्त पूँजीको उपयोगका सम्बन्धमा आवश्यक निर्णय गर्दै सभाले उल्लेखित कार्यका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

यस कम्पनीले २२ मेगावाट क्षमताको मिड होङ्गु खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।