काठमाडौं । गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित विविध प्रस्ताव पारितका लागि साउन ९ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभाले कम्पनीको जारी पूँजीको २० प्रतिशत आईपीओ जारी गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ ।
आईपीओबाट प्राप्त पूँजीको उपयोगका सम्बन्धमा सभाले आवश्यक निर्णय गर्नेछ भने प्रबन्धपत्र संशोधन प्रस्ताव पनि सभाका लागि तय भएको छ । उल्लेखित शीर्षकका जिम्मेवारी पूरा गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गर्नेछ ।
यस कम्पनीले २२ दशमलव ९ मेगावाट क्षमताको मध्य होङ्गु खोला–बी जलविद्युत आयोजना निर्माण गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।