नासालाई पनि ‘सेल्फी’ मोह

Share News

हिजोआज सेल्फी अर्थात् आफ्नो तस्वीर आफै खिच्ने र त्यसलाई फेसबूकलगायत सामाजिक सञ्जालमा पोष्ट गर्ने कार्यले निकै लोकप्रियता पाएको छ । विशेषगरी युवापुस्तामा यो कार्य लोकप्रिय हुँदै गएको छ । सामाजिक सञ्जालमा खोजी गर्ने हो भने यस्ता तस्वीर धरै पाउन सकिन्छ । तर, गज्जबको कुरा त के भने, नासाका वैज्ञानिकसमेत यो मोहबाट अछुतो रहन सकेका छैनन् । नासाले मङ्गल ग्रहमा पठाएको ‘मार्स रोभर’ उपकरणले त्यहाँ ६ सय ८७ दिन बिताएको खुशियाली संस्थाले रोभरको सेल्फी खिचेर मनाएको छ । क्युरियोसिटी रोभरका नामबाट समेत चिनिने उक्त रोबोटले मङ्गल ग्रहमा आफ्नो हात तन्काएर लिएको सेल्फीले अहिले निकै चर्चा पाइरहेको छ । झट्ट हेर्दा धूलोले ढाकेको र फोहोरी देखिने उक्त रोबोटले नासालाई विज्ञानको अध्ययनमा निकै ठूलो सहयोग पुर्‍याएको छ । मङ्गल ग्रहमा जीवनको सम्भावना अध्ययनका लागि नासाले यसलाई त्यहाँ पठाएको थियो । रोभरले मङ्गल ग्रहमा पनि कुनै समयमा एउटा ताल रहेको जानकारी दिइ त्यसको पुष्टिसमेत गरेपछि उसको कार्य सफल भएको मानिएको छ । यो रोबोटले मङ्गल ग्रहमा रहेको रेडिएसन लेभल र वायुमण्डलको अध्ययन गर्नसमेत सहयोग पुर्‍याउँदै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।