- विश्वको पहिलो भू–उपग्रह कुन हो ?
सोभियत सङ्घले सन् १९५८ मा प्रक्षेपण गरेको ‘स्पुतनिक’ विश्वको पहिलो भू–उपग्रह (स्याटेलाइट) हो ।
- इण्टरनेटको प्रारम्भिक रूप वा जन्मदाताका रूपमा अर्पानेटलाई लिइन्छ । यसको पूर्णरूप के हो ?
इण्टरनेटको पूर्णरूप ‘एडभान्ष्ड रिसर्च प्रजेक्ट्स एजेन्सी नेटवर्क (एआरपीएनेट)’ हो ।
- अर्पानेटको विकास कसले गरेका हुन् ? र यसको प्रयोग पहिलोपटक कहिले गरिएको हो ?
वाइट डी आइसेनोवरले अमेरिकाको प्राविधिक विकासमा सुधार ल्याउने उद्देश्यका साथ अर्पानेटको विकास गरेका हुन् । सन् १९६९ मा पहिलो अर्पानेट नेटवर्क सञ्जाल सार्वजनिक गरिएको हो ।
- विश्वको पहिलो डोमेन ‘सिम्बोलिक्स डट कम’ हो । यसको दर्ता कहिले गरिएको थियो ?
विश्वको पहिलो डोमेन ‘सिम्बोलिक्स डट कम’ सन् १९८५, मार्च १५ मा दर्ता गरिएको थियो ।
- ग्राफिकल इण्टरफेसयुक्त विश्वकै पहिलो ब्राउजर मोजाइक कहिले सार्वजनिक भएको हो ?
सन् १९९३ मा । यसैका साथ इण्टरनेटको लोकप्रियता अप्रत्यासित रूपमा बढ्न थालेको मानिन्छ ।
- सन् २००९ मा कुन साइटले युट्युबलाई हराउँदै विश्व ट्राफिक र्याङ्किङमा तेस्रो स्थान हासिल गरेको थियो ?
फेसबूक डट कम । सन् २०१० सम्ममा यसले गूगल डटकमलाई समेत पछि पार्ने आकलन गरिएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।