पछिल्लो प्रविधि थ्रीडी टेलिभिजनकमलकुमार बस्नेत
मङ्सिर १३, काठमाडौं । टेलिभिजन अहिले प्रत्येक घरपरिवारका लागि आवश्यकताको वस्तु भइसकेको छ । कुनै बेला टेलिभिजन सर्वसाधारणको पहु“चबाहिर थियो र यसका लागि ठूलो रकम खर्च गर्नुपथ्र्यो । त्यसबेला टेलिभिजन हेर्नका लागि टेलिभिजन भएका घरमा छिमेकीहरूको ठूलै भीड हुने गथ्र्यो । तर, अहिले टेलिभिजन घरमा हुनु सामान्य कुरा भएको छ र यो सर्वसाधारणको पहु“चभित्र पनि पुगेको छ । अहिले नया“नया“ प्रविधियुक्त टेलिभिजन बजारमा आएका छन् र यसले टेलिभिजनपे्रमीहरूलाई आफूतिर आकषिर्त गरेको छ । आज घरमै बसेर अनेकौं प्रकारका च्यानलमार्फत् विश्वघटना, परिदृश्य, सूचना र जानकारीहरू थाहा पाउनु सामान्य विषय भएको छ । तर, प्रविधिको विकासस“गै मानिसका चाहना बढ्नु र मानिसका चाहनाअनुरूप नया“नया“ प्रविधियुक्त उपकरण निर्माण हुनु स्वाभाविक देखिन्छ । अहिले मानिसको नया“ चाहनालाई थ्रीडी टेलिभिजनले आत्मसात् गरेको देखिन्छ ।
थ्रीडी टेलिभिजन आउनुअघि सीआरटी, एलसीडी र र्एलईडी प्रविधियुक्त टेलिभिजन आएका थिए । ठूलो श्यामश्वेत टेलिभिजनबाट स्लिम एलसीडी प्रविधिमा आउनु नौलो कुरा थियो । तर, अहिले आएको थ्रीडी प्रविधियुक्त टेलिभिजन साधारण टेलिभिजनभन्दा धेरै फरक छ । यो टेलिभिजनको अत्यन्त नयाँ रूप हो । अहिले नेपाली बजारमा सामसुङ, एलजी र सोनी ब्राण्डका गरी ३ भिन्नभिन्न थ्रीडी टेलिभिजन बजारमा आएका छन् । इण्टरनेट, ब्लुटूथ, भिडियोकल, कन्भर्टरलगायतका सुविधाले यस्तो टेलिभिजनलाई विशेष बनाएको छ । यसअघिका विभिन्न प्रविधियुक्त टेलिभिजनहरूमा यस प्रकारका सुविधाहरू थिएनन् । स्याकर कम्पनीले पनि दुइ महीनाभित्र फिलिप्स थ्रीडी टेलिभिजन बजारमा ल्याउने तयारी गरिरहेको बताएको छ ।
थ्रीडी टेलिभिजनबाट इण्टरनेटको सुविधा पनि लिन सकिन्छ । विशेषगरी खेलकुद र फिल्म हेर्नका लागि उपयुक्त भनिएको यो टेलिभिजनमा ध्वनि व्यवस्था र दृश्यको गुणस्तर निकै राम्रो भएको बिक्रेताहरू बताउछँन् । यी टेलिभिजनमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालका साइटहरू पनि सजिलै चलाउन सकिने भएकाले युवा पुस्ता यसतर्फ आकर्षित देखिन्छन् । यसका साथै टेलिभिजन खुला भएको अवस्थामा पनि फाइल, गीत-सङ्गीत वा फिल्म इण्टरनेटबाट डाउनलोड गर्न सकिन्छ । यसबाट फोन र भिडियो कलको सुविधा पनि लिन सकिन्छ ।
नेपाली बजारमा थ्रीडी टेलिभिजन सबैभन्दा पहिले सन् २००९ को अन्त्यतिर भित्रिएको हो । त्यसबेला हिम इलेक्ट्रोनिक्सले सामसुङ ब्राण्डको थ्रीडी टेलिभिजन ल्याएको थियो । तर, बीचमा यसको व्यापार राम्रो नभएको भनी विक्री बन्द गरेकोमा गत असारमा कम्पनीले फेरि सोही ब्राण्डकै थ्रीडी टेलिभिजन नेपाली बजारमा भित्रयाएको छ ।
अहिले सामसुङ ब्राण्डका थ्रीडी टेलिभिजनका तीन किसिमका मोडल नेपाली बजारमा छन् । ४०, ४६ र ५५ इञ्चका ती टेलिभिजनको मूल्य न्यूनतम रू. २ लाख ७५ हजार ९ सय ९० देखि रू. ४ लाख ८९ हजार ९ सय ९० सम्म पर्ने बताइएको छ । कम्पनीका मार्केटिङ एण्ड कम्युनिकेशन म्यानेजर अमितेश रोयका अनुसार अहिले नेपाली बजारमा थ्रीडी टेलिभिजनको माग बढिरहेको छ । 'नयाँ प्रविधि भएकाले यो सबैको चासोको विषय बनेको छ', उनले अभियानलाई बताए । उनका अनुसार कम्पनीको लक्ष्यभन्दा बढी मात्रामा यस्तो टेलिभिजन विक्री भइरहेको छ । औषतमा महीनाको १० वटा विक्री भइरहेको उनले जानकारी दिए । अन्य ब्राण्डका टेलिभिजनभन्दा सामसुङको थ्रीडी टेलिभिजनमा दृश्यको गुणस्तर राम्रो भएको उनको दाबी छ । सामसुङको थ्रीडी टेलिभिजनमा टूडीलाई थ्रीडीमा परिवर्तन गरेर हेर्न सकिन्छ । यो सुविधा अन्य ब्राण्डको टेलिभिजनमा नभएको उनको भनाई छ । कम्पनीले थ्रीडी टेलिभिजनको खरीदमा एउटा चश्मा निःशुल्क दिने गरेको छ । जसको मूल्य रू. ७ हजार ६ सय ४० पर्छ ।
त्यस्तै एलजी ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी गु्रपले एक महिनाअघि एलजी ब्राण्डको थ्रीडी टेलिभिजन बजारमा ल्याएको छ । कम्पनीले ४७ र ५५ इञ्चका गरी २ मोडलका टेलिभिजन बजारमा ल्याएको हो । यो टेलिभिजनमा ब्लुटूथ, इण्टरनेट तथा भिडियोकललगायतका सुविधा रहेको बताइएको छ । यसका साथै यसबाट भिडियो कल पनि गर्न सकिन्छ । नेपाली बजारमा यी टेलिभिजनको मूल्य क्रमशः रू. ४ लाख र रू. ५ लाख पर्ने मीनभवनस्थित एलजी शोरूमका डेपुटी म्यानेजर अजिन बस्न्यातले जानकारी दिए । उनका अनुसार अहिलेसम्म एलजी ब्राण्डको थ्रीडी टेलिभिजन विक्री भएको छैन । यसप्रति मानिसको आकर्षण भए पनि मह“गो भएको र थ्रीडी फिल्महरू बजारमा कम भएकाले यसको विक्री हुन नसकेको उनको भनाइ छ ।
गत हप्तामात्रै सोनी ब्राण्डको नेपालका आधिकारिक बिक्रेता नेपाः हिमा टे्रड लिङ्क प्रालिले सोनी ब्राण्डको थ्रीडी टेलिभिजन बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा ल्याएको २ मोडलमा एनएक्स ७१० र एनएक्स ८१० रहेका छन् । यो टेलिभिजन हाईडेफिनेशन भिडियो प्रोसेशर, डाइनामिक इड्ज एलईडी, ब्याकलाइटिङ तथा मोशनफ्लो प्रविधिले युक्त छ । यसको बजार मूल्य क्रमशः रू. ४ लाख ७४ हजार ९ सय ९९ र रू. ६ लाख ९९ हजार ९ सय ९९ रहेको बताइएको छ ।
एप्पलको म्याकबुक एयर नेपाली बजारमाअभियान संवाददाता
मङ्सिर १३, काठमाडौं । एप्पलको नयाँ 'म्याकबूक एयर' नेपाली बजारमा आएको छ । अमेरिकामा बनेको यो म्याकबूक २ हप्ताअघि आधिकारिक बिक्रेता नीयोटेरिक नेपाल प्रालिले बजारमा ल्याएको हो । चार मोडलमा उपलब्ध म्याकबूक सिल्भर कलरमा मात्र पाइने कम्पनीले बताएको छ ।
म्याकबूक एयरका चार मोडलमध्ये दुइवटा ११ र दुइवटा १३ इञ्चको स्क्रीनमा उपलब्ध छन् । ११ इञ्चको म्याकबूकमा ६४ जीबीदेखि १ सय २८ जीबी मेमोरी क्षमता छ । अन्य ब्राण्डका ल्यापटपका तुलनामा यो हलुका भएको बताइएको छ । यसको तौल जम्मा १ दशमलव ६ केजी रहेको छ । यसमा १ दशमलव ४ जीएचजीको प्रोसेसर र २ जीबीको र्याम रहेको छ । कम्पनीका अनुसार यसको ब्याट्री ब्याकअप लगातारको ५ सम्म छ । यसको मूल्य रू. १ लाख ३० हजार पर्ने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै कम्पनीको अर्को मोडल १३ दशमलव ३ इञ्चको म्याकबूकमा १ सय २८ देखि २ सय ५६ जीबीसम्म मेमोरी स्टोरेज गर्न सकिन्छ । यसको तौल १ दशमलव ३२ केजी रहेको छ । यो मोडलमा प्रयोग भएको ब्याट्री ६ घण्टासम्म टिक्छ । यसमा २ जीबीको र्याम र १ दशमलव ८६ जीएचजीको प्रोसेसर रहेको छ । यो म्याकबूक कम तौलको भएकाले बोक्न सजिलो हुनेछ । यसको मूल्य रू. १ लाख ६० पर्ने कम्पनीले जानकारी दिएको छ ।
यी म्याकबुक एयरमा कम्पनीको आफ्नै ओएस नामक सफ्टवेयर राखिएकाले भाइरस नलाग्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार उच्च वर्गका व्यक्ति, विद्यार्थी र व्यवसायीलगायत जुनसुकै क्षेत्रका मानिसलाई यो उपयुक्त हुन्छ । म्याकबूक पातलो भएकाले यसमा कार्ड स्लटको सुविधा भने छैन । म्याकबूक आफैँमा निकै पातलो भएकाले यसमा पेनड्राईभ प्रयोग गर्न सकिन्छ तर मेमोरी कार्ड भने प्रयोग गर्न सकि“दैन । यो म्याकबुक तपाईंले चिसो स्थानमा पनि लाउन सक्नुहुन्छ । कम्पनीका अनुसार यो म्याकबूक माइनस ० देखि ४० ड्रि्रीको चिसोमा पनि चल्न सक्छ । कम्पनीका अनुसार दुवै मोडलमा एक वर्षको वारेण्टी रहेको छ । यी म्याकबूकहरू काठमाडौंलगायत पोखरा, विराटनगर, हेटौँडामा पनि उपलब्ध छन् ।
सहकारी लेखा सफ्टवयर प्रयोगमाअभियान संवाददाता
मङ्सिर १३, काठमाडौं । सहकारी संस्थाहरूमा नेपाली भाषामा निर्मित 'नेकोस' सफ्टवेयरको प्रयोग बढेको छ । नेपाल बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)ले नेपाली भाषामा सफ्टवेयर निर्माण गरेपछि सहकारी सङ्घसंस्थाहरूमा यसको प्रयोग बढेको नेफ्स्कुनका अध्यक्ष मीनराज कँडेलले अभियानलाई बताए ।
सहकारी सङ्घसंस्थाहरूको लेखा प्रणालीलाई सरल, पारदर्शी र एकरूपता प्रदान गर्ने उद्देश्यले नेफ्स्कुनले २०६४ सालमा सहकारी लेखा प्रणाली (नेकोस सहकारी सफ्टवेयर) को विकास गरेको हो । यो सफ्टवेयर २०६५ मसान्तसम्म विभिन्न २७ सहकारी सङ्घसंस्थामा परीक्षण गरिएको थियो । परीक्षणमा सफल देखिएपछि २०६६ सालदेखि सफ्टवेयरको विक्री वितरण शुरू गरिएको अध्यक्ष क“डेलले जानकारी दिए । अध्यक्ष क“डेलका अनुसार यस सफ्टवेयरको माध्यमबाट संस्थाको वित्तीय गुणस्तरलाई कायम गर्न र लेखा अभिलेखलाई छिटोछरितो र पारदर्शी बनाउन सहयोग पुग्ने छ ।
अहिलेसम्म नेफ्स्कुनले कुल १ सय १० वटा सफ्टवेयर विक्री गरिसकेको छ । सफ्टवेयरको मूल्य नेफ्स्कुनस“ग आबद्ध बचत तथा ऋण सहकारी संस्थालाई रू. ५० हजार, आबद्ध नभएका बचत तथा ऋण सहकारीहरूलाई रू. ६० हजार र अन्य सहकारी सङ्घसंस्थालाई रू. ७० हजार पर्ने बताइएको छ ।
यो सफ्टवेयरमा सदस्य व्यवस्थापन, शेयर खाता व्यवस्थापन, वित्तीय व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, पर्ल्स अनुगमन प्रणाली, सम्पत्ति तथा सामान व्यवस्थापनलगायतका महत्वपूर्ण खण्डहरू समावेश गरिएको नेफ्स्कुन सफ्टवेयर विभागका प्राविधिक शिवनारायण मेहताले जानकारी दिए । उनका अनुसार यस सफ्टवेयरमा सहकारीका सम्पूर्ण वित्तीय पक्ष समेटिएको छ ।
नेपाली भाषा र मिति प्रयोग गर्न सकिने, कुनै पनि सञ्चालन प्रणाली (विण्डोज, लिनक्स)मा सजिलै चलाउन मिल्ने, ब्याकअप लिन तथा पुनः फर्काउन सकिने, लेखासम्बन्धी जानकारीहरू माइक्रोसफ्ट वर्ड वा एक्सलबाट एकैपटक राख्न सकिने, एकैपटक दुइ वा सोभन्दा बढी कम्प्युटरमा सञ्चालन गर्न मिल्ने, प्रयोगकर्ताबाट गल्ति हुने सम्भावना कम रहेको प्रतिवेदनहरु जुनसुकै फरम्याटमा लैजान सकिने तथा सजिलै प्रिण्ट गर्न सकिने, संस्थाका सदस्य सगँ सम्बन्धि सम्पूर्ण विवरण समेटिएको कम्प्युटरको सामान्य ज्ञान भएका कर्मचारीहरूद्वारा पनि सञ्चालन गर्न सक्नेलगायतका विशेषता यसको रहेको पनि मेहताले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।